×

NMB BANK
NIC ASIA

माछापुच्छ्रे गाउँपालिकामा मगर भाषामा पढाइ

जेठ ३२, २०७६

NTC
Premier Steels

कास्की – जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले मगर जातिको बाहुल्य रहेको वडा नम्बर ५ रिभान मोहरास्थित माछापुच्छ्रे आधारभूत विद्यालयमा मगर भाषाको पढाइ शुरू गरेको छ । 

Muktinath Bank

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बराल र गाउँपालिका प्रमुख कर्ण गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर रानालाई मगर भाषाको पाठ्यपुस्तक हस्तान्तरण गरेर पठनपाठन शुरू भएको घोषणा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानले नेपालमा बसोबास गर्ने प्रत्येक नागरिकलाई कानूनबमोजिम  आफ्नो मातृभाषामा शिक्षा पाउने हकको व्यवस्था गरेसँगै ४८ घरधुरीमध्ये ४६ मगर समुदाय रहेको सो गाउँको विद्यालयमा जिल्लामै पहिलोपटक मगर भाषाको शिक्षण शुरू गरिएको गाउँपालिकाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०३१ सालमा स्थापना भएको सो विद्यालयमा हाल २७ बालबालिका अध्यनरत रहेकोमा २६ मगर जातिका रहेको विद्यालयका प्रधानाध्यापक जीवनाथ अधिकारीले बताए । आधारभूत तहमा १०० पूर्णांकको स्थानीय भाषाको पाठ्यक्रम अध्यापन गराउन सकिने प्रावधानअनुसार मगर संघले प्रकाशन गरेको ‘मगराती ढुट्’ कक्षा चार र पाँचमा पढाइने र ‘मगर ढुट् पाहाक’ कक्षा तीन तथा एक र दुईमा पनि सोही भाषाको विषय अध्यापन गरिने विद्यालयले जनाएको छ । 

Vianet communication

४ जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा १ जना मगर भाषा बोल्ने शिक्षक रहेको र तुरुन्तै अर्को पनि सोही भाषाको शिक्षक नियुक्त गरी भाषा अध्यापन गरिने प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

मातृभाषामा शिक्षा लिन पाउने बालबालिकाको संवैधानिक अधिकारलाई सुनिश्चित गर्नको लागि गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिअनुसार मगर समुदाय बाहुल्य सोे विद्यालय छनोट गरिएको गाउँपालिकाका प्रमुख गुरुङले बताए ।

प्रमुख गुरुङले मातृभाषाको माध्यमबाट लिइने शिक्षाले सिकाइ उपलब्धि बढ्नुका साथै अरु भाषा सिक्न मद्दत पुग्ने र मातृभाषाको संरक्षण हुने उल्लेख गरे । उनले वडा नम्बर २ को अर्को तामाङ बाहुल्य विद्यालयमा पनि यसै वर्षभित्रमा तामाङ भाषाको पठनपाठन शुरू गरिने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन २७, २०७६

काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...

असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

बैशाख १९, २०७६

विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...

जेठ १८, २०७६

सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

असार ९, २०७६

शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x