१२ साउन २०८३, मंगलबार

प्रभु बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा

प्रभु बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा

कैलाली- प्रभु बैंक लिमिटेडले कैलालीको टिकापुरमा  शाखा कार्यालय खोली बैंकिङ कार्य सञ्चालन गरेको छ । 

टिकापुर शाखाको उद्घाटन शुक्रवार टिकापुर नगरपालिकाका प्रमुख टपेन्द्र बहादुर रावलले गरेका थिए । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका नगर प्रमुख टपेन्द्र बहादुर रावलले देशका विभिन्न ठाउँमा पुगेर प्रभु बैंकले सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर पाउने बताए । 

टिकापुर शाखासमेत गरी बैंकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्