०२ असार २०८३, मंगलबार

राजमार्ग सुधारका लागि बजेट पर्याप्त छ  ः मन्त्री डा. खतिवडा

राजमार्ग सुधारका लागि बजेट पर्याप्त छ  ः मन्त्री डा. खतिवडा
फाइल फोटो

रसुवा- अर्थमन्त्री डा. युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताएका छन् । 

शनिवार धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने स्पष्ट पारे । 

बेत्रावती मैलुङ र धुञ्चेतर्फका दुवै राजमार्ग सुधार, स्याफ्रुवेशी, बेत्रावती सुरूङ मार्ग तथा चीनबाट रेल ल्याउनेजस्ता विषय सरकारको उच्च प्राथमिकतामा रहेकाले कार्यान्वयनमा सहयोग गर्न स्थानीयलाई उनले आग्रह गरे ।  

कार्यक्रममा सहभागी जनप्रतिनिधिले धुञ्चे–गोसाइँकुण्ड केवुलकार निर्माणमा सहज वातावरण बनाइ कार्यान्वयनमा लैजान, विकट स्थान रहेको आमाछोदिङ्मो गाउँपालिकालाई विकासको अनुदान बजेट थप गर्न, कालिका गाउँपालिकामा औद्योगिक ग्राम स्थापना, थुमनमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्