२२ जेठ २०८३, शुक्रबार

२० लाखसहित दुई भारतीय पक्राउ, नालामा डुबेर एकको मृत्यु

जेठ ३२, २०७६
२० लाखसहित दुई भारतीय पक्राउ, नालामा डुबेर एकको मृत्यु

नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
   उहाँका अनुसार, पक्राउ पर्नेमा भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता रहेका छन् । बरामद भएको रकम कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको भन्ने नखुलेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

    यसैगरी बाँकेको कोहलपुरस्थित डुडुवानालामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु भएको छ ।

    शनिबार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षीय मुक्तिप्रसाद आचार्यको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य बेपत्ता हुनुभएको थियो । डुबेलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटे पनि जीवितै उद्धार गर्न नसकिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सिंहले जानकारी दिनुभयो ।

यो नालामा प्रत्येक वर्ष पौडी खेल्ने व्यक्तिको डुबेर मृत्यु हुँदै आएको छ । पानी कम भएका कारण नालाको माथिबाट पौडिन हामफाल्दा नालाको जमीनमा हिलोमा फसेर मान्छे डुब्ने गरेको स्थानीयवासी अगुवा सूर्य ढकालले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्