३१ जेठ २०८३, आइतबार

मापसेमा प्रतिबन्धले चालकमा लापसेको समस्या

असार १, २०७६
मापसेमा प्रतिबन्धले चालकमा लापसेको समस्या

काठमाडौँ। बुढानीलकण्ठ–रत्नपार्क एनएसी रूटमा गुड्ने माइक्रोबसका एकचालक वास्तविक नामले भन्दा ‘घाँस खाने’ नामबाट परिचित छन् । ती चालकले प्रायः गाँजा सेवन गरी सवारी चलाउने गरेकाले घाँस खाने नाम राखिएको हो । 
त्यस्तैं, टोखा–रत्नपार्क रुटमा चल्ने माइक्रोबसका एकचालक ‘ट्यापे’ नामले चर्चित छन् । लागूआंैषध ‘ट्यावलेट’ खाएर सवारी हाक्ने भएकाले ती चालकको नामै ट्यापे राखिएको उहाँकै सहकमी चालकहरू बताउँछन् । लागूपदार्थ सेवन (लापसे) गरी सार्वजनिक सवारी चलाउने यी दुई चालक नमूना हुन् । यातायात व्यवसायीहरूका अनुसार, सवारी चालकहरूमा लागू पदार्थ सेवनको समस्या निकै जटिल बन्दै गएको छ । 
मदिरा सेवन (मापसे) गरी सवारी चलाउदा गन्ध आउने भएकाले मोइक्रोबस, मिनीवस, ट्रिपर र ट्याक्सी लगायतका सार्वजनिक सवारीका चालकहरूले गाँजा तथा चरेश चुरोटमा राखी सेवन गर्ने र ट्यावलेट खाने गरेको पाइएको छ । बुढानीलकण्ठ माइक्रोबस व्यवसायी समितिका एकअधिकारी लापसेविरुद्ध कारवाही सुरु गर्ने हो भने उपत्यकामा चालकहरूको खडेरी पर्ने बताउनुहुन्छ । बारम्बार सम्झाइ बुझाइ गर्दा पनि अटेर गर्नेलाई सवारी धनीले नै प्रहरीको जिम्मा लगाउने गरेको पाइएको छ । 
बुढानीकलकण्ठ, टोखा, जोरपाटी, स्वयम्भू, बालाजु, भक्तपुर, लगनखेल र कीर्तिपुर रुटमा चल्ने माइक्रोबस र मिनीबसका चालकहरूमा यो समस्या बढी देखिएको छ । गाेरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्