२२ जेठ २०८३, शुक्रबार

साताव्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

साताव्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली युरोपको साताव्यापी भ्रमणपश्चात स्वदेश फिर्ता भएका छन् ।

ओली आइतवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका हुन् ।

गत शनिवार स्विजरल्याण्डको जेनेभा गएका प्रधानमन्त्री ओली बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका थिए ।

बेलायतमा रहँदा समकक्षी थेरेसा मे र राजकुमार चार्ल्ससँग औपचारिक भेट गरेका ओलीले फ्रान्समा समकक्षी एडवार्ड फिलिपेसँग भेट गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल सहित सरकारका उच्चपदस्थ अधिकारीहरू विमानस्थल पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्