२९ जेठ २०८३, शुक्रबार

भारत-पाकिस्तानको खेल वर्षाका कारण रद्द हुने सम्भावना बलियो

भारत-पाकिस्तानको खेल वर्षाका कारण रद्द हुने सम्भावना बलियो

एजेन्सी- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको क्रिकेट विश्वकपअन्तर्गत आइतवार भारत र पाकिस्तान भिड्दैछन् । यी दुई छिमेकी भए पनि क्रिकेटमा एकअर्काका 'शत्रु'जस्तै छन् । 

आजको खेल वर्षाका कारण रद्द हुने सम्भावना पनि बलियो छ । मौसम पूर्वानुमानका अनुसार आज दिउँसो तीन बजे पानी पर्ने सम्भावना प्रबल छ । 

पानी परेर नरोकिए आजको खेल हुने छैन र अंक बाँड्नुपर्ने हुन्छ । 

म्यानचेस्टरको तापक्रम १८ डिग्री सेल्सियसको आसपासमा रहन सक्छ । हावा भने १५ देखि २५ किलोमिटरको रफ्तारमा चल्नेछ । 

पानी पर्ने सम्भावना भने ६० प्रतिशत रहेको छ । 

भारत र पाकिस्तानबीच खेल हुने स्थानमा शनिवार पानी परेको थियो । अहिले पनि पिच ढाकिएको छ । 

कमेन्ट गर्नुहोस्