
काठमाडौँ - प्रधानमन्त्री ओलीले गुठी विधेयकको विषयलाई लिएर केही पक्षले जनता भड्काउन खोजेको आरोप लगाएका छन् ।
साताव्यापी युरोप भ्रमण सकेर आइतवार बिहान १० बजे स्वदेश फर्केका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै गुठी विधेयक सच्याउने आश्वासन दिएका छन् ।
'विरोधको भावनाले जनता भड्काउन खोज्नुहुँदैन, संस्कृतिमा केही असर पर्ने कुरा परेको रहेछ भने सरकारले सच्याउँछ,' ओलीले भने, 'हाम्रो संस्कृति र परम्परासँग जोडिएका विषयमा कुरा बेग्लै छ, सरकारले जे आवश्यकता पर्छ त्यो जनताकै हितमा गर्छ ।'
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोख्रेल सहित शीर्ष नेतृत्व र उच्च पदस्थ कर्मचारी विमानस्थल पुगेका थिए ।