३२ असार २०८३, बिहीबार

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी
फाइल फोटो

सोलुखुम्बु- सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ ।

सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको कोबेलको स्काभेटरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । 

घटना गएरातिको भए पनि बिहान ७ बजे मात्र थाहा भएको थियो । घटना भएको १५ मिटर नजिक प्रेसरकुकर बम रहेकाले त्यसलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली इटरीबाट आउँदै गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्