०२ असार २०८३, मंगलबार

सोमालियाको राजधानीमा दुईवटा विस्फोट, ११ जनाको मृत्यु

सोमालियाको राजधानीमा दुईवटा विस्फोट, ११ जनाको मृत्यु

काठमाडौं – सोमालियाको राजधानी मोगादिशुमा शनिवार दुईवटा विस्फोटपछि ११ जनाको मृत्यु भएको छ । घटनामा अल–शबाब आतंकवादी समूहले जिम्मेवारी लिएको छ । 

घटनामा थप २५ जना घाइते भएको जनरल बशिर अब्दी मोहम्मदले पत्रकारहरूलाई बताए । पहिलो कार बम राष्ट्रपति भवननजिकको सुरक्षा चेकपोइन्टमा विस्फोट भएको र त्यसमा नौजनाको मृत्यु भएको उनले बताए ।

दोस्रो कार बम चाहिँ विमानस्थल जाने बाटोमा रहेको सडकस्थित चेकपोइन्ट नजिक विस्फोट गराइएको र त्यसमा परी कारचालक र उनका मतियारको मृत्यु भएको उनले बताए । 

अल–शबाबले प्रायः मोगादिशुमा आक्रमण गर्ने गरेको छ । उसले वक्तव्य जारी गर्दै विमानस्थल र राष्ट्रपति भवनको पहिलो पंक्तिको सुरक्षा चेकपोइन्टलाई नै लक्षित गरी आक्रमण गरेको जनायो । विमानस्थलमा अनेकौं कूटनीतिक कार्यालयहरू छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्