१८ असार २०८३, बिहीबार

फेसबूक लाइभका बेलामा पाकिस्तानी मन्त्री बने बिरालो, उड्यो मजाक

फेसबूक लाइभका बेलामा पाकिस्तानी मन्त्री बने बिरालो, उड्यो मजाक

काठमाडौं – पाकिस्तानमा एक मन्त्रीले पत्रकार सम्मेलनका क्रममा फेसबूक लाइभ गर्दा गरेको गल्तीका कारण मजाक उडिरहेको छ । लाइभका बेलामा गल्तीले क्याट फिल्टर अन हुँदा मन्त्रीज्यू बिरालो देखिए । 

डन न्युजको खबरअनुसार, खैबर पख्तुनख्वा प्रान्तका सूचनामन्त्री शौकत युसुफजई र अन्य मन्त्रीको अनुहारमा बिरालोको कान र जुँगा टाँसिएको तस्वीर र भिडियो भाइरल बनेको छ । 

पत्रकार सम्मेलन प्रान्तीय विधानसभाले हालै लिएका निर्णयको जानकारी दिन राखिएको थियो । तर भूलवश क्याट फिल्टर राखिएपछि मन्त्रीहरूको तस्वीर हाँसउठ्दो देखिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्