०६ साउन २०८३, बुधबार

कोपा अमेरिका : स्वारेज र काभानीको गोलले उरुग्वे विजयी

कोपा अमेरिका : स्वारेज र काभानीको गोलले उरुग्वे विजयी

ब्राजिल- ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा उरुग्वे विजयी भएको छ ।

उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह 'ग' को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस स्वारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए । इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए । 

उरुग्वेका तर्फबाट तीनै गोल खेलको पूर्वार्द्धमा भएको थियो । यो जीतसँगै इक्वेडरले तीन अंक प्राप्त गरेको छ । यो समूहका जापान र चिलीबीचको खेल नेपाली समय अनुसार मङ्गल बिहानीपख हुनेछ ।

अर्कोतर्फ सोमवार नै भएको समूह 'ख' को पाराग्वे र कतारबीचको खेल २–२ गोल भइ बराबरीमा टुङ्गिएको छ । यस खेलमा पाराग्वेका तर्फबाट ओस्कार कार्डोजो र डरलिस गोन्जालोजले गोल गरेका थिए भने कतारका तर्फबाट आल्मोज अलिले गोल गरेका थिए । पाराग्वेका रोड्रिगो रोजासले ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

कूल १२ टीम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह 'ख' मा अर्जेन्टिनासहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह 'क' मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह 'ग' मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् । 

कोपा अमेरिका फुटबल प्रतियोगिता योसहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

Photo : barcablaugranes

salt training

कमेन्ट गर्नुहोस्