२९ जेठ २०८३, शुक्रबार

जब विराट कोहली आउटै नभइ पेभेलियन फर्के

जब विराट कोहली आउटै नभइ पेभेलियन फर्के

एजेन्सी- क्रिकेट मैदानमा यस्ता घटना विरलै हुन्छन्, जहाँ ब्याट्स्‌म्यान अम्पायरले आएट नै नदिइ पेभेलियन फर्कन्छन् ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकपमा आइतवार भारत-पाकिस्तानबीचको खेलमा भारतीय कप्तान विराट कोहली अम्पायरले आउटको संकेत नगर्दै मैदानबाट बाहिरिए । 

उनी बिना आउट पेभेलियन फर्केपछि कमेन्टेटरहरूले केहीबेर उनकै चर्चा गरे । 

भारतीय टीमले ३१४ रन बनाउँदै गर्दा तीव्र गतिका बायाँ हाते बलर मोहम्मद आमिरको बल कोहलीको ब्याट सामुन्नेबाट गएको थियो । पाकिस्तानी खेलाडीहरूले क्याच आउटको अपील गरेपनि अम्पायरले कुनै रुचि देखाएनन् । 

यसैबीच कोहली आफैंले आउट मानेर पेभेलियनको बाटो फर्के । उनले अम्पायरतर्फ एकपटक पनि आँखा डुलाएनन् । उनले बल ब्याटमा लागेर आवाज आएको ठाने । तर त्यो आवाज बल ब्याटमा लागेर आएको थिएन । 

उनी पेभेलियन पुगेर रिभ्यू हेर्दा आउट थिएन । ब्याटको समात्ने भाग हल्लिएर आवाज आएकोजस्तो बुझियो । 

कोहलीले उक्त म्याचमा ७७ रन बनाए । 

उक्त खेल भारतले पाकिस्तानलाई डक वर्थ लुइस पद्धतिमा ८९ रनले पराजित गर्‍यो । 

कमेन्ट गर्नुहोस्