काठमाडौं – मध्य अमेरिकामा पाइने सिचलिड नामक माछा केही सेन्टिमिटर लामो छ र यसको मुटु विशाल छ ।
फ्रान्सका अनुसन्धाताहरू पत्ता लगाएअनुसार, यो माछा आफ्नो जोडीप्रति बफादार हुन्छ र प्रेमीसँग छुट्टिँदा यसको मुटु दुख्छ ।
अनौठो कुरा त मादा सिचलिडले आफूले नचाहेको नर माछासँग जोडी बनाउनुपरेमा निराशावादी व्यवहार देखाउँछ ।
वैज्ञानिकहरू जीवविकासका क्रममा सिचलिड प्रजातिका माछाहरूले आफ्ना भुराको संरक्षण गर्नका लागि बफादारीयुक्त साझेदारी अपनाउने गरेको विश्वास गरेका छन् । भुराहरूलाई शिकारीले खाइदिने गरेका छन् ।
सिचलिडको प्रेमिल सम्बन्ध हामीलाई रमाइलो लागेपनि यस्ता माछा खतरनाक हुन्छन् । यिनीहरूको दाँत तीखो हुन्छ र आफ्नो क्षेत्रलाई जोगाउन भरमग्दूर प्रयास गर्छ ।
एजेन्सी