०७ असार २०८३, आइतबार

‘अत्यधिक सुन्दरी’ भएको भन्दै महिला चालकलाई काटियो चिट, ट्राफिक प्रहरीको विरोध

‘अत्यधिक सुन्दरी’ भएको भन्दै महिला चालकलाई काटियो चिट, ट्राफिक प्रहरीको विरोध

काठमाडौं – उरुग्वेका एक प्रहरी अधिकारीले एक महिला चालकलाई ‘अत्यधिक सुन्दरी’ भएर गाडी चलाएको फन्टूस आरोप लगाउँदै गाडी नचलाउनू भनेपछि त्यसको घोर विरोध भइरहेको छ । ती प्रहरीले महिलाप्रति आफ्नो प्रेम समेत लिखितमा व्यक्त गरेका थिए । 

घटना जेठ ११ मा भएको थियो । दिउँसो ३ बजे पेसान्दुमा एक ट्राफिक अधिकारीले महिला चालकलाई बाटोमा रोके । महिलालाई चिट काट्दा ती अधिकारीले ‘अत्यधिक सुन्दरी भएर सार्वजनिक सडकमा गाडी हाँकेको’ कारण दिए ।

सुन्दर महिलाले गाडी हाँक्दा अन्य चालकको ध्यान भंग भएको पनि ती ट्राफिक प्रहरीको जिकिर थियो । 

त्यससँगै उनले जिस्क्याउने हिसाबमा एउटा लिखित सन्देश पनि दिए । उक्त सन्देश सामाजिक सञ्जालमा भाइरल भयो । 

ती प्रहरीको यो हर्कतको मानिसहरूले निन्दा गरेका छन् । उनले महिलालाई सताएको आरोप लागेको छ । आफ्नो पदको दुरुपयोग गरेर ती अधिकारीले महिलालाई व्यर्थैमा चिट काटेको मानिसहरूको भनाइ छ । 

ट्राफिक प्रहरीको यो कदमले उनीमाथिका अधिकारीहरू क्रुद्ध बनेका छन् । ट्राफिक प्रहरीको बदनामी भएको भन्दै उनीहरू क्रुद्ध भएका हुन् । अनधिकृत कारण देखाई सरकारी चिट काटेकोमा ती ट्राफिक प्रहरीले विभागीय नीतिको उल्लंघन गरेको हुन सक्ने भनी अनुसन्धान शुरू गरिएको छ । 

ती अधिकारी यो घटनामा दोषी ठहर भएमा निलम्बन वा घटुवामा पर्ने सम्भावना छ । उनको कार्य बढी नै निरंकुश भएको पाइएमा उनलाई प्रहरी सेवाबाट बर्खास्त समेत गर्न सकिनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्