०२ असार २०८३, मंगलबार

पाकिस्तानमा तालिमप्राप्त आतंकवादीहरू चीनका लागि सबभन्दा ठूलो खतरा

पाकिस्तानमा तालिमप्राप्त आतंकवादीहरू चीनका लागि सबभन्दा ठूलो खतरा

काठमाडौं – भारत र चीनले अफगानिस्तानको परिस्थितिको मूल्यांकन गरिरहँदा बेइजिङले ईस्टन तुर्किस्तान इस्लामिक मुभमेन्ट (ईटीआईएम) आफ्ना लागि सबभन्दा ठूलो खतराका रूपमा रहेको धारणा प्रकट गरेको छ । उक्त समूहका क्याडरलाई पाकिस्तानले तालिम दिएको हो । 

अफगानिस्तानमा विदेशी सैनिकहरूका लागि सबभन्दा ठूलो खतराका रूपमा तीनवटा समूह रहेको अमेरिकाको रक्षा मन्त्रालयले जनाएको छ ः ईटीआईएम, लश्कर–ए–तैयबा र हक्कानी सञ्जाल । 

भारतीय र चिनियाँ अधिकारीहरूबीच हालै सम्पन्न छलफलमा ईटीआईएमका सम्बन्धमा बेइजिङको चिन्ता प्रकट भएको थियो । 

‘अफगानीहरू पनि यी चिन्ताका बारेमा जानकार छन् । ५० देखि ६० ईटीआईएम लडाकूहरूलाई नियन्त्रणमा लिइएको र चिनियाँहरू समक्ष बुझाइएको छ,’ नाम नबताउने शर्तमा एक अधिकारीले बताए ।

ईटीआईएमलाई अमेरिका र संयुक्त राष्ट्रसंघको १२६७ प्रतिबन्ध समितिले आतंकवादी समूह घोषणा गरेका छन् । यस समूहका शीर्ष नेताहरू पाकिस्तानको भूमिमा बसेर कारवाही चलाउँछन् । 

समूहका संस्थापक हसन माहसुम सन् २००३ मा भएको एक कारवाहीमा मारिएका थिए भने यसका सहसंस्थापक मेमेतुहुत मेमेत्रोजी अहिले चीनको एक कारागारमा बन्द छन् । 

चीन पनि भारत जस्तै अफगानिस्तानबाट अमेरिकी तथा विदेशी सैनिकहरूको अचानक फिर्तीको विपक्षमा छ । त्यसको साटो विदेशी सैनिकहरू व्यवस्थित रूपमा फिर्ता गरिनुपर्ने पक्षमा दुवै देश छन् । 

पाकिस्तानलाई आफ्नो भूमिमा बसेर कारवाही चलाइरहेका आतंकवादीमाथि लगाम कस्न चीनले भनेको बताइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्