२५ जेठ २०८३, सोमबार

मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु

मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु
सन्दर्भ तस्वीर

इन्डोनेसिया- इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमवार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ ।

वरिष्ठ उद्धारकर्ताले मंगलवार जानकारी दिएका छन् । यस दुर्घटनाबाट ३९ जनालाई भने जीवितै उद्धार गरिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

हराइरहेका एक व्यक्तिको खोजी कार्यमा पनि दर्जनौको सङ्ख्यामा उद्धारकर्ताको सहभागी रहेका बताइएको छ ।

इन्डोनेसियामा डुङ्गा प्रभावकारी र प्रख्यात सवारी साधनको रूपमा रहेको छ । तर अपनाउनपर्ने सुरक्षामा कमी र कमजोरीको कारण यहाँ बारम्बार डुङ्गा दुर्घटना हुने गरेको पाइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्