
काठमाडौं – अफ्रिकी देश नाइजेरियामा आइतवार अबेर राति भएको आत्मघाती आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणमा आतंकवादी संगठन बोको हरामको हात रहेको बताइएको छ ।
राज्यको विपत व्यवस्थापन निकायका अभियान प्रमुख उस्मान कचल्लाले सोमवार बताएअनुसार, तीन आत्मघाती आकक्रमणकारीहरूले कोदुंगामा एउटा हलबाहिर आफूलाई उडाएका थिए । त्यहाँ मानिसहरू टीभीमा फूटबल खेल हेर्न भेला भएका थिए ।
नाइजेरियामा आतंकवादी आक्रमणहरू प्रायः भइरहेका हुन्छन् ।
एजेन्सी