
काठमाडौं- सोमवार समान्य अङ्कले सुधार भएको शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलवार पुनः ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०३ बिन्दुले बढेर २७०.२९ अङ्कमा पुगेको छ ।
घटेको बजारमा कारोवार रकममा पनि गिरावट आएको छ । कूल १७७ कम्पनीको १२ लाख २६ हजार ६८६ कित्ता शेयर रु ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोबार भयो ।
स्टकका अनुसार कारोबार भएका कबुल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । त्यसमा बैंकिङ ०.४४, विकास बैंक १.४६ र लघुवित्त ४.८५ अङ्कले बढेका छन् ।
यस्तै होटल १३.८६, जलविद्युत् १.४, वित्त २.१३, निर्जीवन बीमा २८.३५, उत्पादन २१.६, अन्य ५.४४, जीवन बीमा ५०.४१ र सामूहिक लगानी कोष ०.०७ अङ्कले घटेको छ ।