०४ असार २०८३, बिहीबार

'द भ्वाइस अफ नेपाल–२' को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स, दुई कोच फेरिए

'द भ्वाइस अफ नेपाल–२' को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स, दुई कोच फेरिए

काठमाडौं– विश्वको नम्बर एक गायन रियालिटी सोको नेपाल संस्करण 'द भ्वाइस अफ नेपाल सीजन–२' लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ । 

हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको 'द भ्वाइस अफ नेपाल सिजन–२' को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको हो । नेपालकै इतिहासमा युनाइटेड सिमेन्ट्स नै प्रथम स्वदेशी ब्राण्ड हो जसले यति ठूलो तथा विश्व चर्चित गायन रियालिटी शोमा टाइटल स्पोन्सरको भूमिका निर्वाह गरेको छ । 

‘विश्वको नम्बर एक गायन रियालिटी सो भ्वाइसको टाइटल स्पोन्सरका रूपमा युनाइटेड सिमेन्ट्सजस्तो अग्रणी ब्राण्डलाई अनुबन्ध गर्न पाउँदा निकै हर्ष लागेको छ,’ कार्यकारी निर्देशक कँडेलले भने, 'नेपाली संगीतको प्रवर्द्धनमा युनाइटेड सिमेन्ट्सको सहकार्य प्रसारण क्षेत्रमा निकै अर्थपूर्ण हुनेछ ।’ 

योसँगै 'भ्वाइस अफ नेपाल सिजन २' मा दुई जना कोच फेरिएका छन् । सीजन-२ मा चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकप्रिय गायिका आस्था राउत कोचका रूपमा भित्रिएका छन् । उनीहरूसँगै दीप श्रेष्ठ र प्रमोद खरेलसहित ४ जना कोच यो सीजनका लागि अनुबन्ध भएका छन् । 

झण्डै २३ हजार प्रतिभाहरूले डिजिटल अडिसनमा सहभागिता जनाएकोमा विभिन्न छनोट चरण पार गरी एक सयभन्दा बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

'भ्वाइस अफ नेपाल सीजन २' को प्रसारण साउन पहिलो साताबाट हिमालय टेलिभिजनबाट हरेक शुक्रवार र शनिवार साँझ ८ बजे प्राइम टाइममा प्रसारण हुने छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्