०१ असार २०८३, सोमबार

‘म बाहिर गएपछि देशभित्र तनाव बढाउने प्रयास भएछ गुठी विधेयकलाई लिएर’

‘म बाहिर गएपछि देशभित्र तनाव बढाउने प्रयास भएछ गुठी विधेयकलाई लिएर’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बाहिर रहेको समयमा देशभित्र तनाव बढाउने प्रयास भएको आरोप लगाएका छन् । 

संसदमा सम्बोधन गर्न नपाएपछि अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री ओलीले विधेयकबारे भ्रमपूर्ण प्रचार गरिएको आरोप लगाएका हुन् ।

‘म बाहिर गएपछि देशभित्र तनाव बढाउने प्रयास भएछ गुठी सम्बन्धी विधेयकको कुरालाई लिएर । २०३३ सालमा बनेको ऐनले गुठी संस्थानले काम गर्न सकेन भन्ने आवाज उठेको हो । गुठी संस्थानले गुठीको सुसञ्चालन गर्न सकेन । त्यसलाई कसरी अगाडि बढाउनेभन्दा प्राधिकरण बनाएर जाने भन्ने सरोकारवालाको सुझाव थियो,’ ओलीले भने, ‘अहिले भ्रमपूर्ण प्रचार भएको छ, हामीले चाहेको हाम्रा सम्पदाको धरोहरको संरक्षण गर्नका लागि हो, त्यसको दुरुपयोग नहोस् भन्नका लागि ।’

‘विधेयक परम्परासँग संस्कृतिसँग जोडिएका छन्, सम्पत्तिको सुरक्षा होस् भन्नका निम्ति भएको तर प्राधिकरणले गुठी सञ्चालन गर्ने भनेको होइन,’ ओलीले थपे ।

गुठी विधेयकको आन्दोलनमा लोकतन्त्र विरोधीको घुसपैठ भएको समेत उनले जिकीर गरे । उनले विधेयक फिर्ता गर्ने भूमि व्यवस्था मन्त्रीको निर्णयलाई दृढतापूर्वक समर्थन गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्