०१ असार २०८३, सोमबार

टिपरसँग ठोक्किँदा स्कूटर चालकको मृत्यु

टिपरसँग ठोक्किँदा स्कूटर चालकको मृत्यु

भक्तपुर – सूर्यविनायक नपा– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा४ख ५६७१ नं को टिप्परसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । 

साँगातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नंको स्कुटर बायाँ साइडको चक्कामा ठोक्किँदा काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्यविनायक नपा– ८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो । 
    
ठक्करबाट घाइते स्कुटर चालक श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

प्रहरीले टिप्पर चालक रामेछाप सुनपाती नपा–३ घर भई हाल भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई महानगरीय प्रहरीवृत्त जगातीको हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्