०६ असार २०८३, शनिबार

लामो समयसम्म बसेर काम गर्दा गुम्छ स्मरणशक्ति

लामो समयसम्म बसेर काम गर्दा गुम्छ स्मरणशक्ति

काठमाडौं – धेरैजसो कार्यालयमा बसेरै गरिने काम हुन्छ । तर कार्यालयमा बसेर काम गर्नुहरूले सावधान हुनुपर्ने भएको छ । 

लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्दा मस्तिष्कमा रक्तसञ्चारको कमी हुन्छ । यसको परिणाम घातक हुन्छ । 

अफिसमा काम गर्ने केही व्यक्तिमाथि गरिएको अध्ययनले लामो समयसम्म बस्दा दिमागको स्वास्थ्यमा हानि पुग्ने देखाएको छ । हरेक आधा घन्टामा उठेर अलिकति हिँड्नुभयो भने चाहिँ दिमागमा रक्तसञ्चार सही मात्रामा हुन्छ । 

मस्तिष्कमा रक्तसञ्चार भएर नै उसले काम गर्ने हो । दिमागका कोषिकालाई पनि अक्सिजन र पोषक तत्त्व आवश्यक हुन्छन् र त्यो कुरा रक्तसञ्चारबाट मात्र प्राप्त हुन्छ । 

अनि दिमागमा ठूला रक्तवाहिनी हुन्छन् जसले खप्परका सबै भागमा रगत पु–याउँछन् । तर लामो समयसम्म एउटै ठाउँमा बस्दा यो पूरा प्रक्रिया नै प्रभावित हुन्छ । 

मनुष्य र जनावरमाथि गरिएको अध्ययनले दिमागमा रक्तसञ्चार अलिकति मात्र रोकियो भने पनि सोच्ने बुझ्ने क्षमता र स्मरणशक्तिमा प्रभाव पार्ने देखाएको छ । लामो समयसम्म रक्तसञ्चार रोकिँदा मस्तिष्कसम्बन्धी ठूला रोग लाग्न सक्छन् । तिनमा डिमेन्सिया र मेमोरी लस पनि पर्छन् । 

दिमागमा मात्र नभई शरीरका सबै भागमा नकारात्मक प्रभाव पार्छ एकै ठाउँमा बस्ने गर्दा । सबभन्दा धेरै असर त गोडालाई पर्छ । लामो समयसम्म एउटै स्थितिमा बस्दा गोडा अपांग हुन सक्छ । 

बेलायतस्थित लिभरपूल जोन मूर्स विश्वविद्यालयले यो अध्ययन गरेको हो । जर्नल अप अप्लाइड फिजियोलोजीमा प्रकाशित गरिएको छ । 

यस अध्ययनमा अनुसन्धानकर्ताहरूले अफिसमा घन्टौंसम्म एउटै स्थानमा बसेर काम गर्ने १५ मानिसमा यसको परिणाम विश्लेषण गरे । ती सबैले चार घन्टासम्म एउटै स्थानमा बसेर लगातार काम गरे । उनीहरू बाथरूम जानका
लागि मात्र सीटबाट उठ्थे । 

अनुसन्धानकर्ताहरूले कर्मचारीको हरेक ब्रेकअघि र पछिको रक्तसञ्चार ट्य्राक गरे । अनि चार घन्टा पूरा हुनेबित्तिकै पनि रक्तसञ्चार अध्ययन गरियो ।

यसबाट अपेक्षाकृत परिणाम प्राप्त भए । चार घन्टा लगातार बस्दा दिमागमा रक्तसञ्चार कम भएको थियो । अनि बीचमा दुई मिनेट हिँड्दा मात्र पनि रक्तसञ्चार बढ्यो । 

अध्ययनको नेतृत्व गर्ने सोफी कार्टरले अफिसमा काम गर्ने मानिसलाई केही समयको अन्तरालमा टहल्ने सल्लाह दिएकी छन् । काम गर्ने हलको एक चक्कर मात्र लगाए पनि हुन्छ, उनले भनिन् । भ–याङ चढ्ने र ओर्लने गरे पनि
हुन्छ । यसो गर्दा तपाईंको दिमागले तपाईंलाई धन्यवाद दिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्