२३ जेठ २०८३, शनिबार

लघुवित्तका कर्मचारीको हत्या, जंगलको बीचमा शव फेला

लघुवित्तका कर्मचारीको हत्या, जंगलको बीचमा शव फेला

पाँचथर– पाँचथरको हिलिहाङ गाँउपालिका–६ सिटे भन्ने स्थानमा लघुवित्तका एक कर्मचारीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

एनएमबी माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको शव खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा आज साँझ ६ बजे शव फेला परेको हो । घटनास्थलमा रहेका जोरपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण भट्टराईले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिए । 

घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक अनिलकुमार पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरी निरीक्षक पौडेलले बताए । 
घटनास्थलमा रहेका स्थानीयवासी कृष्ण मैनालीका अनुसार जङ्गलको बीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा तामाङको शव फेला परेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्