
काठमाडौं– भोजपुरको हतुवागढी गाँउपालिकामा कार्यरत इन्जिनियर सिमुहाङ किराँत र सबइन्जिनियर नइन्द्र पारोहाङ राईलाई घुस लिँदै गरेको अवस्थामा आज उनीहरुकै कार्यालयबाटअख्तियारले पक्राउ गरेको छ ।
बाटो मर्मतको बिल भुक्तानी गर्ने प्रयोजनका क्रममा सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोगमा इन्जिनियर सिमुहाङ र रु २० हजार घुस मागेको अभियोगमा नइन्द्रलाई पक्राउ गरिएको र उनीहरुको अनुसनधान भइरहेको अख्तियारले जनाएको छ ।