११ असार २०८३, बिहीबार

भारतले असारमा मल दिन नसक्ने

असार ४, २०७६
भारतले असारमा मल दिन नसक्ने

काठमाडौं– सरकारले जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय गरेपनि तत्काल आउने सम्भावना न्यून देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार भारतको स्वामित्वमा रहेका एमएमटीसी र एसटीसी कम्पनीले असारभित्र मल दिन नसक्ने पत्र पठाएका छन् । 

मल अभाव भएपछि साताअघि सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको थियो । 

मुख्यबाली सिजनमा वर्षेनी मलको अभाव हुनेगरेको छ । यो वर्षपनि मलको चरम अभाव रहेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्