०१ असार २०८३, सोमबार

जनतालाई क्यान्सरको सूर्तीजन्य पदार्थ खुवाउने अनि कर लिने भन्दै सांसदले देखे सरकारले फसाउने डर

जनतालाई क्यान्सरको सूर्तीजन्य पदार्थ खुवाउने अनि कर लिने भन्दै सांसदले देखे सरकारले फसाउने डर

काठमाडौं–सरकारले ल्याएको विधेयक पञ्चायतका राजाले ल्याउने खालको भन्दै त्यो विधेकयले आफूहरूलाई फसाउने खतरा रहेको टिप्पणी गरेका छन् ।

आर्थिक विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेमकिपा सांसद प्रेम सुवालले युगान्तकारी परिवर्तनबाट आएको सरकारले पञ्चायतका राजाले जस्तो विधेयक ल्याएको आरोप लगाएका हुन् । 

‘स्वास्थ्य जोखिम करका नाममा सरकारले सुर्तीजन्य वस्तुमा कर उठाउने प्रस्ताव गरेको छ । जुन चिज खानै हुँदैन, क्यान्सरको कारक हो, त्यो चिज खुवाउने र त्यसमा कर लिने ? यस्तो विधेयक समर्थन गरेर पास गरे सबै सांसद दोषी हुन्छौं । त्यसमा सचेत हुनुपर्छ,’ सांसद सुवालले भने, ‘नाफका लागि सर्वसाधारणको स्वास्थ्यमा हानी हुने काम गर्ने बन्दोबस्त पूँजीवादी व्यवस्था हो । यो सरकारले आफूलाई युगान्तकारी परिवर्तनबाट आएको दाबी गर्छ । विधेयक हेर्दा पञ्चायतको राजाको जस्तो छ, त्यही हो शीर्षकहरू । यस्तो विधेयक पारित गराएर हामी सांसदहरूलाइ सरकारले फसाउने स्थिति देखियो, त्यसमा सचेत हुनुपर्छ ।’

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सुर्ती र मदिरा बेचबिखनमा प्रतिबन्ध लगाउने अवस्था नरहेको बताए । ‘समाजका लागि यी चिजहरू सर्वस्वीकार्य नहुन सक्छन्, पूर्णतः उन्मुक्त रहने अवस्था पनि रहेन । सकेसम्म सुर्ती र मदिरा नखाऔं, नभए सकेसम्म उच्च कर लिऔं’ उनले भने । 

छलफलमा भाग लिँदै कांग्रेसका मीनेन्द्र रिजालले सरकारले लिएको राजस्वको लक्ष्य पूरा हुनेमा शंका व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्