
काठमाडौं–शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख (शाखा अधिकृत) धन बहादुर वली २५ हजार घुससहित पक्राउ परेका छन् ।
शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।