२२ जेठ २०८३, शुक्रबार

बेलायतका महिलाले भने – अब बच्चा नजन्माउने, जलवायु परिवर्तनले गर्दा संसार बस्न लायक रहेन

बेलायतका महिलाले भने – अब बच्चा नजन्माउने, जलवायु परिवर्तनले गर्दा संसार बस्न लायक रहेन

काठमाडौं – बेलायतमा जलवायु परिवर्तनको असरका बारेमा सचेत गराउने एक समूहले बच्चा नजन्माउने निर्णय लिएका छन् । 

समूहका महिलाहरूले जलवायु परिवर्तन गम्भीर समस्या बन्दै गएको बताए । संसारमा सुक्खा, अकाल, बाढी र ग्लोबल वार्मिङको डरले उनीहरूलाई सताइरहेको छ । भविष्यको पुस्ताका लागि जीवनको गुणवत्ता झन् राम्रो बनाउन उनीहरूले यो फैसला लिएका हुन् । 

लन्डनमा बस्ने ३३ वर्षीया ब्लाइथ पेपिनो संगीतकार हुन् । उनले जलावयु परिवर्तनका कारण बच्चा नजन्माउने निर्णय लिएकी छन् । उनले भनिन्, ‘म बच्चा चाहन्छु । म आफ्नो पार्टनरसँग मिलेर परिवार चलाउन चाहन्छु । तर यो संसार बच्चाले बस्न लायक छैन ।’

पेपिनोले सन् २०१८ मा बर्थस्ट्राइक समूह गठन गरेकी थिइन् । अहिलेसम्म यस संगठनमा ३३० जना जोडिएका छन् । तिनमा ८० प्रतिशत महिला छन् । 

जलवायु परिवर्तनलाई रोक्नका लागि जम्मा ११ वर्ष बाँकी रहेको भनी संयुक्त राष्ट्रसंघको प्यानल अन क्लाइमेट चेन्जले चेतावनी दिएपछि पेपिनोले निर्णय लिएकी हुन् ।

हालै मात्र यस समूहमा जोडिएका २९ वर्षीय कोडी ह्यारिसनले अरूको जीवनसँग खेलाँची गर्न नसकिने बताए । परिस्थिति अनुकूल नभएमा मनुष्यले राम्रो जीवन बिताउन नसक्ने उनले बताए । 

लोरी डे नामक अर्की सदस्यले जलवायु परिवर्तन हुँदा अनेकौं कुरा बदलिने बताइन् । यसले खाद्य उत्पादन तथा संसाधन प्रभावित हुने र युद्धको स्थिति बन्ने उनले बताइन् । 

जनसंख्यामा नजर राख्ने एक संस्थाले जनसंख्या बढ्दै जाँदा कार्बन उत्सर्जन बढ्ने र जंगलहरू मासिने तर्क दिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार, सन् २०३० सम्म पृथ्वीमा ८.५ अर्ब मानिस हुने र सन् २१०० सम्म यो संख्या ११ अर्ब पुग्नेछ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्