काठमाडौं – बुधवार अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति युवा संगठनको प्रमुख आयोजनामा गौशाला–बानेश्वर क्षेत्रमा बृहत् सचेतनामूलक र्याली निकालिएको छ ।
प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम गर्दै आएको संगठनको र्यालीमा नेपाल दशनामी युवा समिति, महानगरीय प्रहरी वृत्त गौशाला तथा सामुदायिक सेवा केन्द्र गौशालाको सहभागिता रहेको थियो ।
समाजमा युवाहरू लागूपदार्थ तथा कुलतको दलदलमा फसेकाले चेतनामूलक जागरण गराउन आवश्यक देखिएकाले र्याली निकालिएको समितिका बाग्मती क्षेत्र प्रमुख महात्मा लता बाइजीले बताउनुभयो ।
भविष्यका कर्णाधार युवाशक्तिलाई सकारात्मक मार्गमा डोर्याउनु ठूलो चुनौतीको रुपमा रहेको अवगत गराउँदै संगठनले युवा लक्षित विभिन्न आध्यात्मिक–सामाजिक कार्यक्रम गर्र्दै आएको बताए ।
समितिले विगत ५ दशकभन्दा लामो समयदेखि सनातन धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्दै आएको छ ।