२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएर सदनमा दोहोरी, सत्तापक्ष भन्छ – देशभर उत्साह !

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएर सदनमा दोहोरी, सत्तापक्ष भन्छ – देशभर उत्साह !
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएर सदनमा सत्ता र प्रतिपक्षका नेताबीच आरोप–प्रत्यारोप चलेको छ ।

सत्तापक्षले प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभर उत्साह पैदा गरेको दावी गरेको छ भने प्रतिपक्षले चरम दुरुपयोग भएको आरोप लगाएको छ । 

राष्ट्रिय सभामा विनियोजन विधेयक २०७६ माथिको छलफलमा भाग लिँदै सत्तापक्षीय सांसदले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको बताएका हुन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभर उत्साह पैदा गर्‍यो, युवा समुदायलाई श्रमतिर अभिमुख गराउने कार्यक्रमसँग जोडेर अगाडि बढाउने ल्याएको छ,’ नेकपा सांसद खिमलाल भट्टराईले भने, ‘बजेट देशको समस्या समाधान गर्ने कुरामा लागेको छ ।’ 

नेकपाकै विमला राई पौडेलले प्रधनमन्त्री रोजगार कार्यक्रमले उत्साह पैदा गरेको दावी गरिन् । ‘प्रतिपक्षी दलका साथीहरूले प्रधनमन्त्री रोजगार कार्यक्रम नाली सफा गर्ने नाममा दुरुपयोग भयो भनेर भन्नुभयो । हिजो इण्डिया र बंगलादेशमा आएका कामदारले नाली सफा गर्ने अहिले नेपाली कामदारले नै गर्ने गरेका छन्,’ उनले भने । 

कांग्रेसका बद्री पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट चरम दुरुपयोग भएको आरोप लगाए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले न बेरोजगारीको अन्त्य र रोजगारी गर्न सकेको छ । यो कार्यक्रम आर्थिक वर्षको अन्त्यमा । संसदमा नयाँ बजेट भाषण गरेपछि ठाउँठाउँमा मकै गोड्ने, नाली बढार्ने, झाडी सफा गर्ने काम गरेको देखियो । त्यो बजेटको दुरुपयोग भएको देखिन्छ । चालू वर्षमा जसरी दुरुपयोग भयो, आगामी वर्षमा बजेटको आकार बढाउँदा दुरुपयोग हुने खतरा बढेको छ ।’

प्रकाश पन्थले प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भएको बताए । सांसदका प्रश्नको जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम पहिलो पटक सञ्चालनमा आएकोले आगामी वर्ष व्यवस्थित गर्ने बताए ।

पछिल्लो ३ महिनामा स्थानीय सरकारले पहिचान गरेका विकास निर्माणका आयोजनामा संघीय सरकारले बजेट दिएर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको उनले उल्लेख गरे । 

उनले आगामी वर्ष स्थानीय तहमा सूचीकृत भएका बेरोजगारलाई सय दिनको काम दिनेगरी गृहकार्य भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्