०७ असार २०८३, आइतबार

काठमाडौं कांग्रेसको उपसभापतिमा माली मनोनित

काठमाडौं कांग्रेसको उपसभापतिमा माली मनोनित

काठमाडौं – नेपाली कांग्रेस काठमाडौंको उपसभापतिमा विजय माली मनोनित भएका छन् ।

कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँको अध्यक्षतामा बुधवार बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । 

कार्यसमितिका सचिवमा शंकर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ रहेका कांग्रेस काठमाडौंका सदस्य युपी लामिछानेले जानकारी दिए । काठमाडौं कांग्रेसले यसअघि नै रिक्त सदस्य मनोनयन गरेपनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो । 

उक्त पदमा मनोनयन भएसँगै काठमाडौं कांग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । नवनियुक्त पदाधिकारीलाई बुधवारै कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बधाई तथा शुभकामना दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्