२५ असार २०८३, बिहीबार

कांग्रेसले शुरू गर्‍यो जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसँग अन्तरक्रिया

कांग्रेसले शुरू गर्‍यो जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिसँग अन्तरक्रिया

काठमाडौं –नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया शुरू गरेको छ ।  

अन्तरक्रियाको शुरूआतका क्रममा पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा जिल्लाबाट प्राप्त अनुभव एवं सुझावका आधारमा दोस्रो चरणको अभियान शुरू गरिने बताए ।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले निश्चित योजना र कार्यदिशासहित ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिले अन्तरक्रियामा लिखित प्रतिवेदन बुझाएर छलफल गरिने जानकारी दिए ।

अन्तरक्रियाबाट आएको निष्कर्ष यही असार २२ गतेदेखि शुरू हुने केन्द्रीय कार्य समितिको बैठकमा राखिने उनले सुनाए ।

बिहीबारसम्म चल्ने कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने कार्यतालिका छ । 
 
जागरण अभियानको पहिलो चरण गत वैशाख २५ मा शुरु भई जेठ २५ गते सम्पन्न भएको थियो ।

अभियानको एक महिनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिकसभा, खुलासभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम गरिएको थियो ।  
    
अभियानको दोस्रो चरण बिपी जयन्तीका दिन आगामी भदौ २४ गते प्रारम्भ भई असोज ७ गतेसम्म चल्नेछ । तेस्रो चरण आगामी पुस ७ गतेदेखि पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिनमा समापन गरिने जनाइएको छ ।

दुईदिने अन्तरक्रियामा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिका साथै पार्टीका वर्तमान एवं पूर्वकेन्द्रीय पदाधिकारीको सहभागिता छ ।

salt training

कमेन्ट गर्नुहोस्