१३ असार २०८३, शनिबार

चट्याङबाट मृत्यु भएका बालकका परिवारलाई किरिया खर्च

चट्याङबाट मृत्यु भएका बालकका परिवारलाई किरिया खर्च

लमही – चट्याङबाट मृत्यु भएका दाङको राप्ती गाउँपालिका–३ का ३ जना बालकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयले १/१ लाख र राप्ती गाउँपालिकाले १५/१५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको दैवी प्रकोपमा मृत्यु भएका परिवारलाई तत्काल राहत दिने शीर्षक अन्तर्गत किरिया खर्च उपलब्ध गराइएको हो । यो घटनाले गाउँपालिका नै शोकमा डुबेको भन्दै बालकका परिवारलाई किरियाखर्चका लागि सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

उक्त रकमले किरिया खर्च तथा बालकको नाममा सम्झनायोग्य कार्य गर्नसमेत परिवारलाई उनले अनुरोध गरे । गाउँपालिकाले चट्याङमा परी घाइते भएका अविनाश चौधरीको उपचारका लागि समेत १० हजार रुपैयाँ रकम उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष सुवेदीसहित, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मंगलबार साँझ साढे ६ः०० बजेतिर परेको चट्याङले ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनाश चौधरी र १३ वर्षीय सजन चौधरीको मृत्यु भएको थियो । राप्ती–४ स्थित मौरीघाट मावि नजिक रहेको जामुनाको रुखमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्