बारा- निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ ।
विशेष साधारणसभा असार १० गते बाराको सिमरामा सम्पन्न भएको हो ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारणसभाबाट चुक्ता पूँजीको ६०५ हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ हुनेछ ।