२३ असार २०८३, मंगलबार

एसईई नतिजाबारे निर्णय हुने परीक्षा बोर्डको बैठकमा ढिलाइ, समयमै आएनन् सचिव

असार १२, २०७६
एसईई नतिजाबारे निर्णय हुने परीक्षा बोर्डको बैठकमा ढिलाइ, समयमै आएनन् सचिव

काठमाडौं – गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बस्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकमा ढिलाइ भएको छ ।

दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक १ घण्टा ढिलो भइसक्दासम्म शुरू भएको छैन । शिक्षा मन्त्रालयका सचिव आउन ढिलाइ भएकाले बैठक शुरू हुन नसकेको जनाइएको छ ।

परीक्षा बोर्डले निर्णय गरेपछि नतिजा प्रकाशन हुने गरेको छ । गत वर्ष चैत १० गतेदेखि एसईई परीक्षा सञ्चालन भएको थियो ।

परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि अन्तिम तयारी पूरा गरेर केहीबेरमै बैठक शुरू गर्ने जनाइएको छ । नतिजाबारे निर्णय हुने भएपछि एसईईका परीक्षार्थीले बोर्डको निर्णय पर्खेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्