२५ जेठ २०८३, सोमबार

कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली सबभन्दा छिटो २० हजार अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्स्म्यान बनेका छन् । 

बिहीवार म्यानचेस्टरमा वेस्ट इन्डीजविरुद्ध ब्याटिङ गर्ने क्रममा ३७ रन बनाएर कोहलीले यो कीर्तिमान कायम गरेका हुन् । 

भारतका महान् ब्याट्स्म्यान सचिन तेन्दुलकर र वेस्ट इन्डीजका महान् खेलाडी ब्रायन लाराको कीर्तिमान तोड्ने क्रममा कोहलीले जम्मा ४१७ इनिङमा २० हजार रन बनाएका हुन् । उनले १३१ टेस्ट, २२४ एकदिवसीय र ६२ टी२० अन्तर्राष्ट्रियमा गरी यो उपलब्धि हासिल गरेका हुन् । 

तेन्दुलकर र लाराले यो उपलब्धि ४५३ पारीमा हासिल गरेका थिए भने अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले ४६८ इनिङमा यति रन बनाएका थिए । 

२० हजार रन कटाउने कोहली बाह्रौं ब्याट्स्म्यान बनेका छन् । तेन्दुलकर र राहुल द्रविडपछि यो उपलब्धि हासिल गर्ने उनी तेस्रा भारतीय हुन् । कोहली यस विश्वकपमा उत्कृष्ट फर्ममा छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्