२९ जेठ २०८३, शुक्रबार

कांग्रेसले संसद अवरोध गर्दा सभामुखका कुराले सांसद हाँसेपछि ...

कांग्रेसले संसद अवरोध गर्दा सभामुखका कुराले सांसद हाँसेपछि ...

धनगढी – प्रतिपक्षी दलका सदस्यले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सुदूरपश्चिम प्रदेश सभाको बिहीवारको बैठक स्थगित भएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट विधि, पद्धति मिचेर अपारदर्शी र असन्तुलित ढंगको रहेकाले सच्याउनुपर्ने भन्दै प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले नाराबाजी गरेपछि बैठक अवरुद्ध गरेका थिए ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले रोस्ट्रम अगाडि पुगेर ‘अपारदर्शी बजेट चाहिँदैन’ भन्दै नाराबाजी गर्दै विरोध गरेका थिए । प्रतिपक्षीको अवरोध जारी रहेपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगन गरी अर्को बैठक असार १५ गते अपराह्न ३ बजेका लागि तोकेका छन् ।

बैठक स्थगनपछि प्रदेशसभा परिसरमा प्रतिक्रिया दिँदै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारले प्रतिपक्षीसँग वार्ता गरेर समस्याको समाधान गर्न चाहेको बताए । प्रदेशसभा सदस्य भरतबहादुर खड्काले नीति र विधि नमानेर डल्लो बजेट तथा कार्यकता पोस्ने बजेट ल्याएको आरोप लगाए । उनले बजेटमा विधि सम्मत तरिकाले सुधार नभएसम्म आफूहरुको विरोध नरोकिने बताए ।

प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गरेको थियो । प्रतिपक्षीको विरोधका कारण प्रदेशसभाको बैठक लगातार स्थगन हुँदा बजेट माथिको छलफल अघि बढ्न सकेको छैन ।

असार ५ गतेको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाई स्थगन गरिएको थियो । त्यसपछि असार ८ र ११ गतेका लागि तोकिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको थियो ।

बैठकमा हाँसो

बिहीवारको बैठक स्थगन गरी अर्को बैठकको लागि तोकिएको मिति र समय बारेको जानकारी दिने क्रममा सभामुख थापाले ‘अर्को बैठक असार ८ गते बस्नेछ’ भनेपछि सदनमा हाँसो उठेको थियो । हाँसो र अलमलका बीच सभामुख थापाले पुनः मिति र बार रुजु गर्नु हुँदै अर्को बैठक असार १५ गते तोकिएको जानकारी गराए ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुख आफैंले आगामी बैठकको कार्यसूची टिप्ने क्रममा भएको त्रुटिका कारण यस्तो भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्