०४ असार २०८३, बिहीबार

मध्यपहाडी लोकमार्गको २ स्थानमा पहिरो, १३ घण्टादेखि यातायात अवरुद्ध

मध्यपहाडी लोकमार्गको २ स्थानमा पहिरो, १३ घण्टादेखि यातायात अवरुद्ध

बाग्लुङ – मध्यपहाडी लोकमार्ग अन्तर्गत बाग्लुङ–बुर्तिबाङ सडकखण्डको गलकोट नगरपालिका–३ भैसे र वडा नम्बर ७ र ९ को बीचमा पर्ने बाँसखोलामा पहिरो जाँदा बिहीवार साँझ ७ बजेदेखि यातायात अवरुद्ध भएको छ ।

गलकोट नगरपालिका–३ बाँसखोलामा लोकमार्गमा झरेको शाखा सडकको लेदोले लोकमार्गसहित खेत पुरिँदा स्थानीयले क्षतिपूर्तिको माग गर्दै लोकमार्ग अवरुद्ध गरेका छन् भने नगरपालिकाबाट सहमतिको प्रयास भइरहेको नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

‘मसहित नगरपालिकाको टीम बिहानै घटनास्थलमा  पुगेका थियौं, पीडितसँग सहमतिको लागि केहीबेरमा बैठक बसेर अवरोध हटाउने छौं,’ गैरेले भने ।

घटनास्थल बाँसखोलामा रहेका ट्राफिक प्रहरी जवान प्रकाश गिरीले नगरपालिकाको शाखा सडकको लेदोले स्थानीयको करीब ८० मुरी धान फल्ने खेत पूर्णरुपमा पुरिएपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका छन् भने भैंसेको पहिरो डोजरद्वारा हटाउने प्रयास भइरहेको बताए ।

गलकोट नगरपालिका–३ भैंसेमा पहिरोले सडक पूर्णरुपमा पुरिएर बिहीवार साँझबाट यातायात ठप्प भएको छ । दैनिक ५ सयभन्दा बढी सवारीसाधन चल्ने सडक १४ घण्टादेखि अवरुद्ध हुँदा लामो तथा छोटोदुरीमा हिँडेका यात्रु समस्यामा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्