०४ असार २०८३, बिहीबार

क्रिकेट विश्वकप : श्रीलंकालाई दक्षिण अफ्रिकाको चुनौती पन्छाउन गाह्रो

क्रिकेट विश्वकप : श्रीलंकालाई दक्षिण अफ्रिकाको चुनौती पन्छाउन गाह्रो

काठमाडौं – विश्वकपको ३५औं म्याचमा शुक्रवार रिभरसाइड ग्राउन्डमा दक्षिण अफ्रिकाको भिडन्त श्रीलंकासँग हुँदैछ । 

श्रीलंकाले दक्षिण अफ्रिकालाई विश्वकपमा सन् १९९२ पछि जित्न सकेको छैन । त्यतिखेर उसले तीन विकेटको जीत हासिल गरेको थियो । 

अंकतालिकामा श्रीलंकाको टीम सातौं स्थानमा छ । उसले ६ म्याचमा ६ अंक छ । उसले दुईवटा खेल जितेको छ भने दुईवटामा हार बेहोरेको छ । 

सेमिफाइनल पुग्ने हो भने आजको खेल श्रीलंकाले जित्नैपर्ने हुन्छ । हारेमा बाँकी दुई म्याच जितेपनि अन्य टीमको नतिजामा निर्भर रहनुपर्ने हुन्छ । 

दक्षिण अफ्रिकाले भने अहिलेसम्म एउटा खेल मात्र जितेको छ । उसले सात खेलमा पाँचवटा हारिसकेको छ । एउटा खेल वर्षाका कारण रद्द भएको थियो । ऊ सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । 

यी दुई टीमबीच अहिलेसम्म ७६ एकदिवसीय भएका छन् । दक्षिण अफ्रिकाले ४३ खेल जितेको छ भने श्रीलंका ३१ मा विजयी भएको छ । एक म्याच टाई भएको छ भने एकमा परिणाम निस्केन । 

रिभरसाइड ग्राउन्डमा विश्वकपको दोस्रो खेल हुन लागेको छ । शुक्रवार यहाँ पानी पर्ने समभावना छैन । तापक्रम १५ देखि १८ डिग्री वरपर रहनेछ । 

पिचले ब्याट्स्म्यानहरूलाई सहायता गर्न सक्छ । यस मैदानमा पछिल्ला पाँच म्याचमध्ये तीनमा चेज गर्ने टीम जितेको छ । 

दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डीककले सात खेलमा २३८ रन बनाएका छन् । उनी टीमका टप स्कोरर हुन् । आजको खेलमा पनि उनले राम्रो प्रदर्शन गर्ने अपेक्षा छ । 

इमरान ताहिरले सात खेलमा १० विकेट लिएका छन् । टीमका लागि सबभन्दा बढी विकेट लिने बलर उनी बनेका छन् । 

तर टीमका महत्त्वपूर्ण खेलाडी हाशिम अमला फर्ममा छैनन् । उनले ६ इनिङमा १२३ रन मात्र बनाएका छन् । 

श्रीलंकाको कुरा गर्दा फास्ट बलर लसिथ मालिंगा राम्रो फर्ममा छन् । उनले चार खेलमा आठ विकेट लिएका छन् । उनकै बलिङका कारण श्रीलंकाले इंग्ल्यान्डलाई हराएको थियो । 

श्रीलंकाली कप्तान दिमुथ करुणारत्नेले टीमका लागि सबभन्दा बढी रन बनाएका छन् । उनले चार इनिङमा ६० को औसतमा १८० रन बनाएका छन् । उनी आजको खेलमा बलियो शुरूआत दिन चाहन्छन् । 

श्रीलंकाका थिसारा परेरा राम्रा अलराउन्डर हुन् तर उनले विश्वकपमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले चार खेलमा जम्मा ३८ रन बनाएका छन् । परेरा आजको खेलमा फर्ममा आउन चाहन्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्