२८ असार २०८३, आइतबार

ब्राजिलका राष्ट्रपतिका सुरक्षा अधिकारीको झोलामा भेटियो लागूऔषध

ब्राजिलका राष्ट्रपतिका सुरक्षा अधिकारीको झोलामा भेटियो लागूऔषध

काठमाडौं – ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले लागूऔषधविरुद्ध शून्य सहनशीलताको वाचासहित सत्तारोहण गरेका थिए । 

तर उनीसँगै जापानमा जी–२० शिखर सम्मेलनमा भाग लिन गएका एक अधिकारीबाट ३९ किलो कोकेन बरामद गरिएको छ । 

राष्ट्रपतिको सुरक्षामा तैनाथ वायुसेनाका अधिकारीलाई स्पेनको सेभियामा रोकिने क्रममा हिरासतमा लिइएको हो । 

गार्डिया सिभिलका प्रवक्ताले भने, ‘ती अधिकारीको हाते झोलाबाट कोकेन बरामद गरियो । त्यो ३९ किलोको थियो । लागूऔषध तस्करी गरेको आशंकामा उनलाई पक्राउ गरिएको छ । उनी सेभियास्थित हेडक्वार्टरमा हिरासतमा छन् र उनलाई न्यायाधीशसमक्ष पेश गरिनेछ ।’

ब्राजिली टीभी नेटवर्क रेकर्ड टीभीका अनुसार, पक्राउ परिएका व्यक्ति सार्जेन्ट सिल्भा रोड्रिग्स हुन् । 

विमानमा सैन्य दस्ता उपस्थित थियो र उनीहरूले टोकियोमा राष्ट्रपतिको सुरक्षा गर्ने जिम्मेवारी दिइएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्