१० असार २०८३, बुधबार

दोस्रो तल्लाबाट लडेकी बच्चीलाई च्याप्पै समातेर जोगाए युवकले (भिडियो)

दोस्रो तल्लाबाट लडेकी बच्चीलाई च्याप्पै समातेर जोगाए युवकले (भिडियो)

काठमाडौं – टर्कीको इस्तानबुलमा एक युवकले दोस्रो तल्लाबाट लडेकी बच्चीलाई च्याप्प समातेर जोगाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

सडकमा उभिरहेका १७ वर्षीय युवकले दुई सेकेन्डभित्र जोगाएका हुन् । 

फ्युजी जबात नामक युवकले बच्ची लड्न आँटेको देखेपछि उनलाई बचाउन फूटपाथमा उभिएको देखिन्छ । उनले फुर्ती देखाएर बच्चीलाई समातेका छन् । समयमै बच्चीलाई नसमातेको भए ठूलै दुर्घटना हुने सम्भावना थियो । 

जबात अल्जेरियाली प्रवासी भएको बताइएको छ । उनको बहादुरीलाई मानिसहरूले प्रशंसा गरिरहेका छन् । 

बच्चीकी आमा खाना पकाउन व्यस्त हुँदा बच्ची झ्यालबाट लडेकी थिइन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्