२२ जेठ २०८३, शुक्रबार

जन्ती हेर्न आएकी बालिका बलात्कृत, अभियुक्त फरार

जन्ती हेर्न आएकी बालिका बलात्कृत, अभियुक्त फरार

वीरगञ्ज– गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जन्ती हेर्न आएकी ती बालिकालाई शुरूमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो ।

पीडित पक्षको बयान र उजुरीका आधारमा पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी जारी रहेको बताए ।

शुरूमा सो घटना गाउँमै मिलाउन खोजिएपनि घटना सार्वजनिक भएपछि दुवै पक्षलाई मिलापत्र गराउने पञ्च भनाउँदाको योजना तुहिन गएको हो । 

salt training

कमेन्ट गर्नुहोस्