०५ असार २०८३, शुक्रबार

सेल्फी लिने क्रममा मर्ने मानिसको संख्या ह्वात्तै बढ्यो, बढी मृत्यु भारतमा

सेल्फी लिने क्रममा मर्ने मानिसको संख्या ह्वात्तै बढ्यो, बढी मृत्यु भारतमा

काठमाडौं – एक दशक अघिदेखि शुरू भएको सेल्फी ट्रेन्डले शार्कको आक्रमणभन्दा पाँच गुणा बढी मानिस मारेको पाइएको छ । 

स्मार्टफोनहरूमा सेल्फी क्यामराको मेगापिक्सेल बढ्दै जाँदा अनि सेल्फी स्टिकका कारण मानिसहरू खतरनाक ठाउँमा गएर सेल्फी लिन थाल्दा मृत्यु संख्या बढेको हो । 

सन् २०११ को अक्टोबर महिनादेखि सन् २०१७ को नोभेम्बर महिनासम्म सेल्फी लिने क्रममा संसारभरि २५९ जना मारिएको इन्डियाज जर्नल अफ फेमिली मेडिसिन यान्ड प्राइमरी केयरले जनाएको छ । यस अवधिमा शार्कको आक्रमणबाट ५० जना मारिएका छन् । 

महिलाहरूले अत्यधिक सेल्फी लिने गरेका छन् भने जोखिम मोल्न रुचाउने युवकहरू डुबेर, अग्लो ठाउँबाट लडेर वा बन्दूकको गोली लागेर मर्ने गरेका छन् । 

भारतमा सेल्फी लिने क्रममा मानिसहरू अत्यधिक मर्ने गरेका छन् । अहिलेसम्म सेल्फी लिने क्रममै १५९ जनाको मृत्यु भएको छ । 

भारतमा परिस्थिति निकै गम्भीर भएपछि विभिन्न स्थानमा सेल्फी निषेधित क्षेत्र घोषणा गरिएको छ । तीमध्ये १६ ठाउँ त मुम्बईमै छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्