०८ असार २०८३, सोमबार

आँधीखोला लघुवित्तले ४ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

आँधीखोला लघुवित्तले ४ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

स्याङ्जा – जिल्लाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले शुक्रवार एक आह्वानपत्र प्रकाशित गरी असार २२ गतेदेखि साधारण शेयर बिक्री गर्न लागेको उल्लेख गरेको हो ।

कम्पनीका अनुसार ५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको विवरणमा उल्लेख छ । त्यसबाट बाँकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर भने सर्वसाधारणलाई बिक्री गरिने छ ।

कम्पनीका अनुसार शेयर बिक्री छिटोमा यही असार २५ गतेसम्म र ढिलोमा आगामी साउन २० गतेसम्म बिक्री हुनेछ । लघुवित्तले विभिन्न १९ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।

संस्थाले पशुपालना, खुद्रा व्यापार साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएको विवरणपत्रमा उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्