०५ साउन २०८३, मंगलबार

सहमतिपछि पोखरा महानगरको ताला खुल्यो

सहमतिपछि पोखरा महानगरको ताला खुल्यो

पोखरा – पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीवारदेखि लगाएको ताला सहमतिपछि खोलिएको छ ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा शुक्रवार सहमतिपछि खोलिएको वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी दिए ।

बुधवारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रातो किताब च्यातेका थिए ।

आफूहरूको मागका सम्बन्धमा महानगर प्रमुख मानबहादुर जिसीले वार्तामा बोलाएको र नसमेटिएका योजना समेट्ने सहमति भएपछि ताला खोलिएको वडा अध्यक्ष लामिछानेले बताए ।

महानगरले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ जसमध्ये ३६ प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा छुट्याइएको छ ।

कमेन्ट गर्नुहोस्