०९ असार २०८३, मंगलबार

कांग्रेस मुख्यालय सानेपा क्षेत्रमा वामदेव गौतमले गरे वृक्षारोपण ! [फोटोफिचर]

असार १४, २०७६
कांग्रेस मुख्यालय सानेपा क्षेत्रमा वामदेव गौतमले गरे वृक्षारोपण ! [फोटोफिचर]

काठमाडौं–पूर्व उपप्रधानमन्त्री, नेकपाका सचिवालय सदस्य तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले विपक्षी दल नेपाली कांग्रेसको मुख्यालय सानेपा क्षेत्रमा वृक्षारोपण गरेका छन् ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर किसान महासंघको आयोजनामा नेता गौतमले सानेपा क्षेत्रमा वृक्षारोपण गरेका हुन् ।

रुख र हावा सबैको लागि अपरिहार्य रहेको नेता गौतमले बताए । ‘आजभोलि दिनानुदिन रुखहरू काटिँदै गएका छन् । अझ शहरी क्षेत्रमा त रुख विरुवा देख्नै पाइँदैन,’ आफ्नो घर वरपर विरुवा रोप्न आग्रह गर्दै गौतमले भने ।

‘सरकारले वृक्षारोपण गर्न आह्वान गरेको छ । वृक्षारोपणले मानव स्वास्थ्यमा पनि राम्रो गर्छ, त्यसैले यहाँ आएको हुँ,’ उनले भने ।

हेर्नुहोस् फोटो/भिडियो :-

salt training

कमेन्ट गर्नुहोस्