
राजविराज – भारदह सडकखण्ड अन्तर्गत सप्तरीको सकरदही पुलमा मोटरसाइकलले ठोक्ँिकदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवा बस्ने २५ वर्षीय अर्जुनराम रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
सो दुर्घटनामा परी गम्भिर घाइते अर्जुनरामलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
हनुमाननगरबाट भारदह जानेक्रममा स४प ८६२ नम्बरको मोटरसाइकल हनुमानगर कंकालनी नगरपालिका– २ स्थित सकरदही पुलमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।