२९ जेठ २०८३, शुक्रबार

पर्खाल भत्किँदा १५ जनाको मृत्यु

पर्खाल भत्किँदा १५ जनाको मृत्यु

भारत- पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।

यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

निमार्णाधीन काममा सलग्न रहेका कामदार सुतिरहेको स्थानमा यो पर्खाल भत्किाँदा १५ व्यक्तिको मृत्यु भएको छ । 

यस दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएको छ । 

भारी वर्षाको कारण कमजोर भएको पर्खाल भत्किएको सो भग्नावशेषमा जीवितै व्यक्ति छ कि भनेर खोजी कार्य भइरहेको जनाइएको छ । 

तस्वीर : इन्डिया टुडे

salt training

कमेन्ट गर्नुहोस्