३० जेठ २०८३, शनिबार

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयबीच झडप, केही घाइते

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयबीच झडप, केही घाइते
सन्दर्भ तस्वीर

नुवाकोट- काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो । झडपका क्रममा केही स्थानीय र केही प्रहरी घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए । 

एक हप्तादेखि काठमाडौंको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएका छन् । फोहर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका प्रतिनिधि र स्थानीयको छलफल भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्